जनस्वास्थ्य अधिकृत पद करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

जनस्वास्थ्य अधिकृत पद करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

(सूचना प्रकाशन मिति: २०८३/०६/१२)

प्रस्तुत विषयमा आ.व. २०८३/०८४ मा नेपाल सरकार, सशर्त अनुदानमार्फत विनियोजित “म स्वस्थ, मेरो समुदाय स्वस्थः घरटोलमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम” सञ्चालनका लागि यस माङसेबुङ गाउँपालिकामा जनस्वास्थ्य अधिकृत पद करारमा पदपूर्ति गर्नुपर्ने भएकाले देहायबमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र, कार्यालय समयभित्र तोकिएको शुल्क तिरेको रसिदसहित ३ (तीन) प्रति पासपोर्ट साइजको फोटो संलग्न गरी रीतपूर्वक दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

१. विज्ञापन नम्बर र सेवा सम्बन्धी विवरण

क्र.सं.

विज्ञापन नं.

पद

तह

माग संख्या

न्यूनतम शैक्षिक योग्यता

१

०१-०८३/०८४

जनस्वास्थ्य अधिकृत

सातौं

१ (एक)

मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित व्यावसायिक परिषदमा दर्ता/नवीकरण भएको

२. दरखास्त दिने स्थान

माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इभाङ, इलाम।

३. दरखास्त दिने अन्तिम मिति - २०८३/०६/२६ गतेसम्म, कार्यालय समयभित्र।

४. दरखास्त दस्तुर- रु. १,०००।(एक हजार रुपैयाँ मात्र)।अनलाईन मार्फत भुक्तानी गर्नु परेमा MANGSEBUNG GA.PA GA-1.1 ANTARIK RAJASWAKHATA 0690100000001202 मा गर्न सकिनेछ ।

५. छनोटको किसिम- लिखित परीक्षा, कंप्यूटर परीक्षण र अन्तर्वार्ता।

६. उमेर - दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

७. आवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरू

आवेदक दरखास्त निवेदन सहित स्वयंले प्रमाणित गरेको देहायबमोजिमका कागजातहरूको प्रतिलिपि संलग्न गर्नुपर्नेछः

  1. नेपाली नागरिकताको प्रमाणपत्र,
  2. न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र,
  3. चारित्रिक प्रमाणपत्र,
  4. अनुभव भए सो खुल्ने प्रमाणपत्र/कागजात,
  5. सम्बन्धित व्यावसायिक परिषदमा दर्ता/नवीकरण भएको प्रमाणपत्र,
  6. पासपोर्ट साइजको फोटो ३ (तीन) प्रति।

८. तलब- सशर्त अनुदानमा विनियोजित बजेटबाट सम्झौता बमोजिम हुनेछ।

९. लिखित परीक्षाको पाठ्यक्रम

लिखित परीक्षाको पाठ्यक्रम कोशी प्रदेश लोक सेवा आयोगको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, अधिकृतस्तर सातौँ तहको पाठ्यक्रम बमोजिम हुनेछ। लिखित परीक्षा विषयगत तथा वस्तुगत बहुवैकल्पिक प्रणालीमा सञ्चालन गरिनेछ।

१०. छनौट परीक्षाको मिति : पछि प्रकाशित गरिनेछ ।

नोट: दरखास्त आवेदन फाराम तथा अन्य जानकारीका लागि माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इभाङ, इलामको https://mansebungmun.gov.np बाट प्राप्त गरिन सकिनेछ र अनलाईन मार्फत आवेदन पठाउनु पर्ने भएमा ito.mansebungmunilam@gmail.com मा पठाउन हुन र थप जानकारीका लागि प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ।

नवदीप राई

प्रमुख प्रशासकीय अधिकृत