रुसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन तथा दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना ।
रुसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन तथा दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना ।
सूचना ! ! सूचना !! सूचना !!!
रुसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन तथा दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना ।
मिति २०८३/०४/१० गते रुसुवा भोटेकोशीमा आएको बाढीमा परी यस गाउँपालिका अन्तर्गत स्थायी ठेगाना भएका कोही व्यक्ति बेपत्ता हुनुभएको भए राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जारी गरिएको “बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३” अनुसार यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र (मिति २०८३/०७/१५ गते) सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहोला ।
निवेदनसाथ पेश गर्नुपर्ने विवरण र कागजातहरू:
एकाघरका परिवारले बेपत्ता व्यक्तिको नामथर, ठेगाना, उमेर खुल्ने कागजात, नाता प्रमाणित हुने कागजात र स्वघोषणासहितको निवेदन ।
निवेदनमा खुलाउनु पर्ने विवरण:
बेपत्ता व्यक्तिको नाम थर:
ठेगाना:
उमेर:
लिङ्ग:
सम्पर्क विहीन भएको स्थान:
बेपत्ता भएको व्यक्तिको सम्पर्क नं. (उपलब्ध भएमा)
गुनासोकर्ताको नामथर:
नाम: ........................................... सम्पर्क नं.: ...........................................
नवदीप राई
प्रमुख प्रशासकीय अधिकृत