राज्य सुविधा परिचयपत्र वितरण सम्बन्धी सूचना

राज्य सुविधा परिचयपत्र

राज्य सुविधा परिचयपत्र वितरण सम्बन्धी सूचना

प्रस्तुत विषयमा आर्थिक वर्ष २०७८/७९ मा गरिव परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ बमोजिम साविक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सञ्चालन गरेको गरिब परिवार पहिचानको तथ्याङ्क सङ्कलन तथा विश्लेषणको आधारमा नेपाल सरकारबाट स्वीकृत भएको राज्य सुविधा परिचय पत्र प्राप्त गर्ने नागरिकहरूका विवरण र राज्य सुविधा परिचयपत्र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(गरिबी निवारण तथा कोष अभिलेख व्यवस्थापन शाखा) सिंहदरबार, काठमाडौँको च.नं. २०, मिति २०८३/०५/३१ को पत्र साथमा मिति २०८३/०५/१२ गते प्राप्त भएको र गरिब परिचय पत्र वितरण कार्यविधि , २०७९ को दफा ७ को उपदफा (६) बमोजिम " स्थानीय तहमा प्राप्त भएका परिचय-पत्रहरु प्राप्त भएको मितिले एक महिना भित्रमा वितरण गरिसक्ने व्यवस्था मिलाउनु पर्नेछ ।" भन्ने व्यवस्था रहेको हुनाले देहायको समय तालिका बमोजिम परिचयपत्र वितरण गरिने भएको हुनाले आवश्यक कागजातसाथ उपस्थित हुन यो सूचना प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सवैमा जानकारीको लागि अनुरोध छ ।

क्र.सं.

मिति

परिचयपत्र प्राप्त गर्ने लाभग्राहीको वडाको विवरण

समय

स्थान

१

२०८३।०८।०३ र ०४ गते

वडा नं.१

विहान ९:३० बजेदेखि

१ नं. वडा कार्यालय

२

२०८३।०८।०३ र ०४ गते

वडा नं.२

विहान ९:३० बजेदेखि

२ नं. वडा कार्यालय

३

२०८३।०८।०७ र ०८ गते

वडा नं.३

विहान ९:३० बजेदेखि

३ नं. वडा कार्यालय

४

२०८३।०८।०७ र ०८ गते

वडा नं. ६

विहान ९:३० बजेदेखि

६ नं. वडा कार्यालय

५

२०८३।०८।०९ र १० गते

वडा नं.४

विहान ९:३० बजेदेखि

४ नं. वडा कार्यालय

६

२०८३।०८।०९ र १० गते

वडा नं.५

विहान ९:३० बजेदेखि

५ नं. वडा कार्यालय

आवश्यक कागजातहरू:

  • परिचय पत्र कार्डमा टाँस्ने प्रयोजनार्थ परिवार मूलीको फोटो- २ थान
  • परिवार मूलीको नागरिकता प्रमाणपत्र प्रतिलिपि
  • परिवारमूली आउन नसक्ने भएमा सोको कारणसहितको परिवारका अन्य सदस्यको निवेदन र वडाको सिफारिस र निवेदकको नागरिकता प्रमाणपत्र प्रतिलिपि

पुनश्च: गरिब परिचय पत्र वितरण कार्यविधि , २०७९ को दफा ७ को उपदफा (७) बमोजिम ' कुनै परिवारले आफू गरिव परिवार नभएको भनि परिचय-पत्र लिन इन्कार गरेमा त्यस्तो परिचय-पत्र वितरण नगरी स्थानीय तहमै सुरक्षित साथ राख्न सकिनेछ। सो को विवरण सहितको जानकारी मन्त्रालयलाई दिनुपर्नेछ । ।' भन्ने व्यवस्था रहेको हुनाले , कुनै परिवार गरिव परिवार नभएको भनि परिचय-पत्र लिन नचाहेमा सो निवेदन समेत पेश गर्न सकिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 Poverty Data १८ कात्तिक, २०८३ JPG