उद्घाटन कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालन स्थगित गरिएको सम्बन्धमा सूचना।

उद्घाटन कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालन स्थगित गरिएको सम्बन्धमा सूचना।

सूचना ! ! सूचना !! सूचना !!!

उद्घाटन कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालन स्थगित गरिएको सम्बन्धमा सूचना।

प्रस्तुत विषयमा माङसेबुङ गाउँपालिकाद्वारा मिति २०८३ साल कार्तिक १३ गते शुक्रबार दहगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याउने उद्देश्यले उद्घाटन कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको र सोहीअनुसार सम्बन्धित सरोकारवालाहरूलाई यसअघि नै जानकारी गराइएको व्यहोरा अवगत नै छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय, इलामद्वारा मिति २०८३ कार्तिक ११ गते प्रकाशित सूचनाअनुसार कार्तिक १२, १३ र १४ गते देशका अधिकांश भागमा चट्याङ, हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेको जनाउँदै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

उक्त प्रतिकूल मौसमको सम्भावना तथा विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै मिति २०८३ कार्तिक १३ गते सञ्चालन गर्ने भनिएको दहगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन कार्यक्रम तथा स्वास्थ्य शिविर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूमा जानकारी गराइन्छ।

साथै, कार्यक्रम सञ्चालन हुने संशोधित मिति तथा समयबारे पछि सूचना प्रकाशित गरी जानकारी गराइने व्यहोरा अनुरोध छ।

मनिमा भट्टराई

अधिकृत सातौं


सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 आपतकालिन सुचना १२ कात्तिक, २०८३ JPG